विज्ञान तथा प्रविधि

मस्कको टेस्लाले उत्कृष्ट मोबाइल विश्वबजारमा निकाल्ने

एलन मस्क अहिलेको विश्वचर्चित नाम बनेको छ। विश्वको एक नम्बर धनी मस्कको नाम विश्व विकासमा चासो राख्ने सायद सबैले सुनेको हुनुपर्छ। उनी स्टारलिङ्क स्याटलाइट नेट्वर्कका मालिक हुन्। त्यतिमात्र होइन उनी मानिसको दिमागमा न्युरोलिङ्क चिप्स जडान गर्न सफल परीक्षण अभियानका प्रमूख हुन्। लग्जरी विद्युतीय कार निर्माणकर्ता कम्पनी टेस्लाका मालिक हुन्। अझै भनौं ; भर्खरै अन्तरीक्षका लागी उड्ने रकेटको बुस्टर ७४ किलोमीटर उडाएर उडानस्थलमा फर्काउने सफल परीक्षणका अभियानकर्ता हुन्।

उनको कम्पनी टेस्लाले चाडै नै विश्वका जनतालाई सहजरुपमा किन्नसक्ने दाममा एक किसिमको फोन बजारमा ल्याउदैछन्। यसका अनेक हल्ला बनेको छ भने विश्व नै यो लन्च हुने दिन उत्सुकताका साथ पर्खिरहेको छ। यसको नाम टेस्ला पाई (Tesla Pi) राखिएको छ।

टेस्लाको आफ्नै अपरेटिङ्ग सिस्टम रहेको 6.7 इन्च डिस्प्ले भएको यो फोनमा पछाडिको तीनैवटा क्यामेरा 50 मेगापिक्सेल क्षमताको रहेको छ भने अगाडिको 40 मेगापिक्सेल 23mm f/2.2 को क्यामेरा रहेको छ।
8 र 12 गिगबाइटको Ram रहेको यो मोबाइलको 128/256/512 जीबीको Internal Memory रहेको छ। यसमा External Memory Card लाग्ने स्थान राखिएको छैन।
5000 mah को ब्याट्री रहेको यो फोन 100 वाटको फास्ट चार्जिङ्ग राखिएको छ साथै वैकल्पिक रुपमा पछाडि सोलारको प्यानल राखिएको र त्यसबाट पनि चार्ज हुने क्षमता राख्दछ। यो फोनको जम्मा तौल 240 ग्राम रहनेछ।
5G सम्मको ईन्टरनेट क्षमताको विकल्प रहेको यो फोनलाई स्टार्लिङ्कको नेटको पहुँच पनि हुनसक्ने छ। यो फोनमा गहिरो या उच्चस्थानहरुमा नेट्वर्क समस्या नरहने साथै चन्द्रमा र मङ्गलग्रहमा समेत चलाउन मिल्नेगरी बनाउने योजना रहेको बताइन्छ।
क्यामेराले 4k, f/1.5(wide) क्वालिटी सम्मको भिडियो खिच्ने क्षमता राख्दछ। यसमा अर्को वाइड एङ्गलमा 32 mm 2.4 फोकल लेन्थ रहेको र सामान्यतया 21 mm सम्म लेन्स रहेको छ।
स्पिकरको लागि 5.3, A2DP, LE ब्लुटुथको ब्यबस्था छ भने ज्याक राखिएको छैन।
अहिले मस्कले विकास गर्दैगरेको न्युरोलिङ्क प्रविधिसङ्ग पनि यो फोनलाई जोड्न सकिने बताइएको छ। यसको कलर पनि परिवर्तन हुने क्षमता राख्दछ।
यसले अहिलेको आर्टिफिसियल ईन्टेलिजेन्सलाई पनि विस्थापित गर्न सक्ने अनुमान गरिएको छ।
अहिलेसम्म बताइएका सबै फिचरहरु सहित यो फोन लन्च भएमा बजारमा रहेका आइफोन तथा स्मार्ट्फोनहरुलाई टिक्न गाह्रो अवस्था आउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
ताजा अपडेट
ट्रेन्डिङ
प्रोफाइल
सर्च