बिचार

मूलबासी जनजातिका लागी दशै मासुभात खानुमै सिमित

हिन्दुहरुको महानचाड दशैको नेपालमा छुट्टै महत्त्व छ। २०७८को जनगणना अनुसार तथ्यांकमा ८१.१९% जनसंख्या हिन्दु धर्मावलम्बीहरुको देखिन्छ। तर १६.४५% क्षेत्री र ११.२९% पहाडे बाहुनहरुले प्रमूख रुपमा मानिरहेको बडादशैमा मधेसमा मधेसीहरुले दुर्गापूजाको रुपमा भब्यरुपमा मान्ने परम्परा रहेको छ। तर जनजातिमा शाहकालमा अनिवार्य मान्नुपर्ने वाध्यात्मक परिवेशसङ्गै जोडिएको यो दशैको सम्बन्ध रागा सुँगुर मारेर खानु भन्दा अरु फरक ऐतिहासिक सन्दर्भ भेटिएन।

हिन्दुहरु कथामा रहेको महिशासुर वध, शुम्भ – निशुम्भ वध तथा रामको लङ्का विजयसङ्ग जोडेर टीका लगाइने परम्परा रहेको छ। हुन त ती सबै देउताले असुरहरु माथिको विजय एकै दिन पर्नु सङ्योग हुनसक्ला या कथा मात्रै हुनसक्ला। यो विषयमा अध्ययन अनुसन्धानका अर्को विषय हुनसक्ला तर रातो टीका लगाउने र सेतो टीका लगाउने बारेमा अझै स्पष्ट नभएको जनजातिहरुमा टीका किन लगाउने भन्ने प्रश्नको उत्तर नै भेटिन्न।

पञ्चायतकालको चरम गरिबिकालमा चामलको भातसङ्ग मासु खानु पाउनु नै अत्यन्तै महत्त्वपूर्ण ठानिने त्यो समयलाई समय र व्यवस्था परिवर्तन सङ्गसङ्गै नेपालीहरुले वैदेशिक रोजगारको अवसर पाए। यसैको प्रतिफलस्वरुप समाजमा आर्थिक चलखेल र घरको अवस्था राम्रो हुदैगयो। सडकले हिमाल, पहाड र तराई एकआपसमा जोड्यो। जसको उपलब्धिको रुपमा खाद्यान्नमा जनताको पहुँच सहज बन्यो।

लगभग तीन चार दशक अघिको अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा हरेक नेपालीले सहज खानपाउने अवस्था बनेको छ। अर्कोतर्फ पहिलेको बेरोजगार अवस्थाबाट मानिसहरु केही व्यवसाय र रोजगारतर्फ ब्यस्त बनिरहेका देखिन्छन्। त्यसैले पनि हुनसक्छ दशै पहिले जस्तो महत्त्वपूर्ण विषय बनिरहेको छैन।

आजभोलि दशै हिन्दुहरुकै लागी पनि पहिले झैँ महत्वपूर्ण नभएको अवस्थामा जनजातिले मासुभात खानु बाहेक अरु महत्त्वपूर्ण नरहेको वर्तमान यथार्थ बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
ताजा अपडेट
ट्रेन्डिङ
प्रोफाइल
सर्च