समाचार

एमाले नेता योगेश भट्टराईको बेलायतको कार्यक्रममै विरोध

नेकपा एमालेका नेता तथा ताप्लेजुङका सांसद योगेश भट्टराईले सम्बोधन गर्ने भनिएको युकेको कार्यक्रममा चरम विरोध सहित कालोझण्डा देखाइएको छ। पहिचानको विरुद्ध स्पष्टरुपमा खुलेर अभिव्यक्ति दिने नेकपा एमाले र यस पार्टीका नेताहरुलाई पहिचान पक्षधरहरुले संसारभरि विरोध गरिरहेका छन्।

ताप्लेजुङबासीहरुले आफ्नो प्रतिनिधिको रुपमा दुईपटक संसद प्रतिनिधित्व गराए तर उनले त्यहाको धरातल र जनताको मर्मलाई बेवास्ता गरेर सुकेटार विमानस्थलको नाम रविन्द्र अधिकारी तथा आस्थाको केन्द्रहरु तिम्बुङपोखरी र मुक्कुम्लुङ्गमा अतिक्रमण गरिएको बारेमा स्पष्टरुपमा आवाज उठाए। मुक्कुम्लुङ्ग पाथिभरामा स्थानीयहरुको मर्मविपरीत केवककार सञ्चालनका लागी भट्टराईले अभिव्यक्ति दिदै हिडेकोमा प्रायः ताप्लेजुङबासी असन्तुष्ट छन्।

त्यहाका स्थानीय पोखरीहरु उदाहरणका लागी सोधुङ्गवरकको रामसार जस्ता मनगडन्ते नामहरु भिराएर लिम्बुजातिको मुन्धुमको अपहेलना गरिएको आरोप छ।

नेपाली जनताको अपेक्षा विपरीत अभिव्यक्ति दिदैहिडेका जनगुनासोको प्रतिफलस्वरुप नेकपा एमालेका नेताहरुले विभिन्न देशहरुमा विरोध सामना गर्नुपरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
ताजा अपडेट
ट्रेन्डिङ
प्रोफाइल
सर्च