बिचार

चिनियाहरुको पूर्खा पूर्वीनेपालका किराँत भएको अनुमान

प्रसिद्ध भाषाविद, जीवविज्ञान तथा विश्वका ईतिहासमा विशेष दख्खल राख्नुहुने डा. जर्ज भान ड्रीमका अनुसार नेपालका पूर्व हिमाली भेगमा बस्नेहरुलाई किराँती भनिन्थ्यो। आजभोलि यी किरातीहरुलाई पनि मङ्गोलभित्र राखेर यौटै भएको अनुमान गरिन्छ तर उनले यो असत्य दावी गरेका छन्।

डा. ड्रीम चिनीयाहरुको पूर्खा येलो रिभरको वरिपरिबाट आएको अनुमान भए पनि त्यो नहुने तर्क गर्छन्। वहाँका अनुसार प्राचीन जो अधिराज्यको समयमा चाहिँ केही थोरै संख्यामा प्राचीन चाइनिज भाषा बोल्ने मानिसहरु चीन पुगेका थिए।

मङ्गोलियाबाट चीन आएको तथ्य गलत रहेको र चङ्गेज खाको पालामा भएको उथलपुथलमा त्यहाँका मानिसहरु युनान र Central Asiaका उज्वेकिस्तान, ताजाकिस्तान लगायतका देशहरुतिर सरेको देखिन्छ।

अर्कोकुरो ईमनुयल कण्टले सन १७७४ मा जर्मनीको क्रोनसबर्गमा तत्कालीन समयका संसारभरिका यात्रुहरुको तस्वीर एकै ठाउँमा राखेर अलि मिल्ने अनुहारकाहरुलाई यौटै जाति अनुमान गरे। त्यतिबेला चिम्सा आँखा भएकाहरुलाई सतहीरुपमा मङ्गोल नामाकरण गरिएको थियो तर यो यथार्थपरक नरहेको जिकिर गरेका छन्।

वहाँका अनुसार डिएनए परीक्षणका साथै भाषाविज्ञानका आधारमा विश्लेषण गर्दा मात्र चिनियाहरु पूर्वनेपालबाट गएको भन्ने तथ्य बलियो बनेको छ।

ईमानुयल कण्टको मृत्यु पश्चात् त्यतिबेलाका भाषाविदहरुको अनुसन्धान अनुसार पूर्वी एसियामा मङ्गोलहरुभन्दा फरक किसिमका भाषाहरु बोल्ने धेरै सम्प्रदायहरु थिए। मङ्गोल भाषा र यहाँका लिम्बुहरुले बोल्ने भाषाको मूल फरक फरक रहेका कारण पनि मङ्गोल भन्न नमिल्ने कुरो बताए। वहाका अनुसार चीनियाले बोल्ने भाषा, लिम्बू तथा लोहोरुङ्गहरुले बोल्ने भाषामा समय र स्थान अनुसार केहि परिवर्तन भए पनि धेरै मिल्ने तर्क गर्छन्।

प्रायः मानिसहरु मिथकहरुलाई मानेर आफ्नो ईतिहास सतही अनुमान गर्ने काम गर्छन्। यसले भ्रम सिर्जना हुने र सधैं सत्यता मात्र छोपिइरहने कुरो उनले बताए।

साभार

प्रोफेसर जर्ज भान ड्रीमको अन्तर्वार्ता

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
ताजा अपडेट
ट्रेन्डिङ
प्रोफाइल
सर्च