समाचार

मनसुनको उत्तरार्धमा आएको अबिरल वर्षाले कतै खुशी कतै पीडा

मनसुनको अन्त्य हुने समय सेप्टेम्बर २५ गतेदेखि निरन्तर आएको मुसलधारे वर्षाले लगभग डेढ-दुई महिनाको खडेरी पछि किसानहरु हर्षित बनेका छन् भने सडकहरु अवरुद्ध बनेका छन्। धेरै जनधनको क्षति भएको अनुमान गर्न सकिन्छ।

सामाजिक सञ्जालमा भेटिएको तथ्यलाई आधार मान्ने हो भने खोला किनारमा रहेको अस्थायी बस्ती र सङ्ग्रचना नराम्ररी बिग्रेको देखिन्छ।

टिकटकमा सानो क्लिप्स राख्दै सिनेमा निर्देशक निश्चल बस्नेत र कबड्डी सिरिजबाट चिनिएका कलाकार तथा नाट्यकर्मी विजय बराल संयोगले नागढुङ्गा र मुङ्लिङ्वीच एकैठाउँ थुनिएका छन्।

धुलीखेल -वर्दिबास सडकको सुनकोशी सडकखण्ड लगभग १०० मिटर खोलाले बगाएको छ। सो पानी अनुमानित २५-३० मिटर माथिसम्म आएको अनुमान गर्न सकिन्छ। रोशीछेऊका घरहरु खोलाको तट्टतिर पल्टिदै गरेको भिडियो सञ्जालमा भेटिएको छ। कोशी ब्यारेजको सबै ढोका खोलिएको छ। यहाँको पानी लगभग ४ लाख ९४ हजार क्युसेक पानी अनुमान गरिएको छ। कोशीको विगत ३५ वर्षपछिको अत्यन्तै ठूलो बाढी भएको अनुमान गरिएको छ। भैसेपाटीको मुनीको खोलाछेऊबाट चार जना बगाएको भिडियो भेटिएको छ। काठमाडौ उपत्यकामा नै उद्दार गर्ने क्रियाकलाप हुननसक्नु सरकारको बेवास्ता र लाचारीपन स्पष्ट झल्किएको छ।

भक्तपूर डुबानमा परेको छ। बनेपाको सडकखण्ड पक्कै पनि जलमग्न भएको आकलन गर्न सकिन्छ।च्यासलबाट बगेको ग्यासको बुलेट लिकेज भएको र यसले खतरा निम्त्याउने जनाएको छ। काठमाडौको तरकारी गोदाममा पानी पसेर तरकारी पानीमा तैरिरहेको भिडियोहरु भेटिएका छन्।

पूर्वका दमक उर्लाबारी लगायत विभिन्न क्षेत्रहरु डुबानमा परेको देखिन्छ। पाचथरको हेवाखोलाको बाढी घरछेऊसम्म आएको भिडियो भेटिएको छ।धनकुटा र धनकुटा जिल्लाका गाउँ र शहर जोड्ने सडकहरु अवरुद्ध छन्।

अर्कोतिर ईन्द्र सरोवरको स्पिलवेबाट पानी बगेको ३१ वर्षपछिको पहिलो घटना बनेको छ। हजारौं खोलाहरुको मुहान सुक्नेक्रममा रहेको अवस्थामा यो वर्षाले मुहान बढाएको छ जसले उत्पादन वृद्धिलाई प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने छ। यसले आन्तरिक माग अनुसार उत्पादन बढ्ने सम्भावना देखिन्छ।

अहिलेको पानी र त्यसमा रहेको जनधनको क्षति अनि किसानको आशालाई मध्यनजर गर्दा पानी व्यवस्थापनको कुनै ठोस योजना र कार्यान्वयनका लागि सरकारले चासो नदेखाएको जस्तो देखिन्छ।

विश्वका अन्य मुलुकहरुले स्वच्छ पानीको हरेक थोपा थोपाको हिसाब राख्दै गर्दा नेपाल यसमा बेखबर देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
ताजा अपडेट
ट्रेन्डिङ
प्रोफाइल
सर्च