कृषि

जंगली जनावर नियन्त्रणबिना कृषिकार्य कठिन

कृषि तथा पशुपालनलाई जंगली जनावरले प्रत्यक्ष असर गरिरहेको विश्वब्यापी तथ्यांक देखिन्छ। 
जंगली जनावरलाई खाद्य सुरक्षा र किसानहरूको जीविकोपार्जनको लागि खतराको रुपमा हेरिएको छ। जसको प्रतिफलस्वरुप यसले खाद्यान्न अभाव, खाद्यान्नको मूल्य वृद्धि र कृषि समुदायका लागि आर्थिक कठिनाइ निम्त्याउछ। अझ कृषि उत्पादनको हानिले वातावरण र इकोसिस्टममा पनि दीर्घकालीन परिणामहरू निम्त्याउन सक्छ। वन्यजन्तुको क्षतिको कारणले जमिनलाई खेतीविहीन छोड्न वाध्य हुनुपर्ने भएकोले उत्पादन घटिरहेको देखिन्छ। कृषि उत्पादनमा वन्यजन्तुको प्रभावलाई कम गर्न दिगो समाधान खोज्नु कृषि समुदायको लचिलोपन र कल्याण सुनिश्चित गर्न आवश्यक छ।
वन्यजन्तु शिकारको बारेमा अमेरिकामा रहेको प्रावधान बारेमा हेर्न सकिन्छ।
संयुक्त राज्य अमेरिकामा शिकार संघीय,राज्य र स्थानीय कानूनद्वारा विनियमित छ। जबकि किसानहरूलाई सामान्यतया आफ्नो बाली र पशुधन जोगाउन आफ्नै सम्पत्तिमा जंगली जनावरहरूको शिकार गर्न अनुमति दिइन्छ। तिनीहरूले आफ्नो राज्यमा शिकार नियन्त्रण गर्ने नियमहरू पालना गर्नुपर्छ।
उदाहरणका लागि किसानहरूले शिकार इजाजतपत्र प्राप्त गर्न विशेष शिकार मौसमहरू सुनिश्चित गर्न, नियमहरू पालना गर्न र हतियारहरु जस्तै बन्दुक वा धनुबाण जस्ता शिकार गर्ने कानुनी विधिहरूको प्रयोग गर्नुपर्दछ। किसानहरुले आफ्नो राज्यको कानुन र नियमहरूबारे सचेत भइ कानुनीरुपमा जिम्मेवारीपूर्वक शिकार गरिरहेका कुरो सुनिश्चित हुनुपर्छ।

त्यहाँ जंगली जनावरहरूको निश्चित प्रजातिहरू संरक्षित छन् भने विशेष अनुमति बिना तिनीहरूको शिकार गर्न अवैध हुन सक्छ। किसानहरूले आफ्नो सम्पत्तिमा कुनै पनि वन्यजन्तुको शिकार गर्नु अघि उनीहरूको राज्य वन्यजन्तु एजेन्सी वा प्राकृतिक स्रोत विभागसँग जाँच गर्नुपर्छ। त्यसपश्चात् कानुनीरुपमै शिकार गर्न पाइन्छ।
भारतमा पनि सरकारद्वारा सुरक्षित गरिएको र नगरिएको जनावरहरु वर्गिकरण गरि यसको तथ्यांक लिने गरिएको हुन्छ। यसको संख्या गन्ने र कृषि उत्पादनलाई समस्यामा पारे किसानहरुलाई शिकार गर्न अनुमति दिइन्छ या सरकारले नै आफै शिकार गर्नेगरेको देखिन्छ।
तर नेपालमा सामान्यतया वन्यजन्तु सङ्ग्रक्षण ऐन अनुसार वन्यजन्तु मार्न निषेध नै छ। ढोरपाटन शिकार आरक्ष जस्ता सिमित क्षेत्रमा मनोरञ्जनका लागी अनुमति लिएर विशेष नाउर शिकार गर्न पाइन्छ।
नेपाल सरकारले स्पष्टरुपमा नै वनऐन चोरी शिकारी, हतियार खरखजाना लगायत अनेकौं मुद्दा लगाएर किसानहरुलाई अप्ठ्यारो बनाइरहेको अवस्था छ। नेपालमा जंगली जनावर मार्न सकिने प्रावधान भरखरै बहसमा देखिएको छ। त्यो पनि बादर र बदेल नियन्त्रणका लागि मात्र समिति बनाएर छलफल भएको छ तर वैधानिकताका लागी अझै ऐन निर्माण भएको छैन।
नेपालको तथ्यांक अनुसार गैडा हात्ती र बादरहरु अन्न बिगार्ने प्रमूख जङ्गली जनावरहरु हुन्। नेपालमा किसानहरुले उत्पादन गरेको जम्मा कृषि उत्पादनको ३०% देखि ८०% सम्म जंगली जनावरले नाश गर्ने अनुमान गरिन्छ। मधेसका केही भागहरु, पहाड र हिमालका केही ठाउँका बासिन्दाहरु जंगली जनावरले अन्न उत्पादनमा समस्या पारेपछि शहरतिर पलायन भएको देख्न सकिन्छ भने ती उर्वर जग्गाहरु बाझो बसेको भेटिन्छ। यसले बिल्कुलै देशको उत्पादनलाई चुनौती दिइरहेको छ।

यी समस्याहरूलाई कम गर्ने प्रयासहरूमा सामुदायिक सचेतना कार्यक्रमहरू, राम्रो तारबेरा लगाउने र प्रभावित किसानहरूको लागि क्षतिपूर्ति योजनाहरूको विकास समावेश गर्न आवश्यक छ। यद्यपि कृषिमा वन्यजन्तुको प्रभावलाई प्रभावकारी रूपमा कम गर्न निरन्तर अनुगमन र बृहत् रणनीति आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
ताजा अपडेट
ट्रेन्डिङ
प्रोफाइल
सर्च