समाचार

चीनको अत्याधुनिक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण

चीनले दोश्रोपल्ट अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको छ। ४४ वर्ष अघि गरेको सफल परिक्षण पश्चात् यो १२००० देखि १५००० किलोमिटर टाढा आणविक वारहेड बोकेर जाने यो मिसाइल परिक्षण भएको थियो। सामान्यतया अन्तरमहादेशीय क्षेप्यास्त्रको मारहान्ने क्षमता ५००० किलोमीटर हुनेगर्छ।

यो DF-41 नामक क्षेप्यास्त्रले अमेरिका लगायतका देशहरुलाई तहसनहस बनाउने क्षमता राख्दछ। दक्षिण चीन समुद्रमा भइरहेको अमेरिका लगायत अन्यदेशहरुवीचको तनावको अवस्थामा यो परीक्षणले निकै ठूलो तरंग पैदा गरेको छ। चीनले सन २०१७मा सेनामा समावेश गरिसकेको यो मिसाइल गुवाम नजिकै प्रशान्त महासागरमा खसेको थियो।

बुधबार बिहान चिनियाँ सेनाले परिक्षण गरेपश्चात यो नियमित अभ्यास मात्र भएको र कुनै पनि देशलाई लक्षित नगरिएको जनाएको छ। चीनले अन्तरमहादेशीय क्षेप्यास्त्र भण्डारलाई दोब्बर बनाएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
ताजा अपडेट
ट्रेन्डिङ
प्रोफाइल
सर्च