अमेरिकी अत्याधुनिक जेट मस्कको नेट्वर्कको सहायतामा पत्ता लगाएको चीनको दावी
चीनले अमेरिकी आधुनिक F-22, F-35 स्टिल्थ जेट फाइटर अमेरिकी ब्यापारी एलन मस्कको स्टारलिङ्क स्याटलाइट नेट्वर्क प्रयोग गरेर पत्तोलगाएको दावी गरेको छ।
अमेरिकाले एलन मस्कको Space X’s Starlink Satellite Network कुनै सम्भावित आकस्मिक समयमा प्रयोग गर्न सक्छ भनेर चीनले निकै लामो समयदेखि चासो राखिरहेको छ। यद्यपि अहिले चीनका वैज्ञानिकहरुले त्यही Space X’s Starlink Satellite Networkलाई नयाँ परीक्षण गरेर आफ्नो फाइदाको लागी प्रयोग गरे।
भर्खरै यौटा चाइनिज वैज्ञानिकले उनका साथीहरूसङ्ग मिलेर अमेरिकी प्रसिद्ध ब्यापारी एलन मस्कको Starlink Satellitesलाई नै प्रयोग गरेर अमेरिकाको आधुनिक Stealth Aircraftलाई पत्तो लगाएर देखाइदिए। यी अमेरिकी Stealth Aircraftहरु आधुनिक राडर र Satellites हरुले पत्तो लाउन नसक्ने क्षमता राख्दछन्। अझ यी F-22 र F-35 जेट फाइटरहरु अमेरिकाले नयाँ प्रविधिहरुले भरिपूर्ण भएको र यसलाई सामरिक विश्वबजारमा ब्यापार गर्न शुरु गरेका जेट फाइटरहरु हुन्।
यो परीक्षणका लागि DJI Phantom 4 Pro Droneलाई ग्वाङ्गडोङ्गको समुद्रतटबाट उडाइएको थियो। यो ड्रोन लगभग चराको जत्रो आकारको र राडारको Cross-section यौटा Stealth Fighterको जत्तिकै बनाइएको थियो।
यसको स्टिल्थको विशेषता भए बाबजुद यो स्क्रिनमा अप्रत्याशितरुपमा देखिएको थियो। जमीनमा भएको राडरहरुले कुनै रेडियो तरङ्ग पैदा गरेको थिएन। यदि त्यस्तो गरे प्रतिध्वनी बन्ने थियो। वैज्ञानिकहरुका भनाई अनुसार जब यौटा Starlink Satellite फिलिपिन्समाथी भएर जानेबित्तिकै Electromagnetic Radiationका कारण ड्रोनमा बत्ती बलेको थियो। प्रतिवेदनका अनुसार अरु कुनै देशमा यस्तो कहिल्यै देखिएको छैन।
यदि यो परीक्षणले आधिकारिकता पायो भने चीनले जोसङ्ग F-22 Raptor, F-35 Lightning II साथै stealth bombersहरुको भण्डार भएका अमेरिका लगायत अन्य शत्रु तथा प्रतिद्वन्द्वीहरुमाथी अभूतपूर्व लाभ प्राप्त गर्नेछ।
अहिले चीनका विरुद्ध जर्मनी लगायतका देशहरुले लगभग लगभग १०० अरब डलर ताइवानको नजीक खर्च गरिरहेको काम धरापमा पर्नेछ।
अहिले राडारले पत्तो लगाउनै नसक्ने Stealth Combat Aircraftलाई चीनको हवाइक्षेत्रभित्र छिराउन अमेरिकाले हरप्रयास गरिरहेको अवस्थाका कारण चीन र अमेरिकावीचमा द्वन्द रहेको छ।
यदि यो चिनिया दाबी गम्भीररुपमा लिने हो भने यो चीनको परिक्षणले अमेरिकालाई फाइदा दिने कामहरु तथा Stealth लाई नष्ट गर्नेछ साथै चीनले अमेरिकी जेटहरु सजिलै खसाल्न सक्नेछ।