बिचार

संसारमा भएको परिवर्तन र सम्भावना

चार दशकभित्रको परिवर्तन विश्लेषण

वैज्ञानिक चार्ल्स डार्विनका अनुसार विभिन्न प्राणीहरु समयानुकूल परिवर्तन हुन नसक्दा संसारबाटै लोप भएर गए। त्यस्तै विभिन्न आविष्कार र उत्पादनहरु पनि समय अनुकुल परिमार्जन हुन नसकेर ईतिहास बनेको अवस्था देखिन्छ। अहिलेको संसारमा परिवर्तन यसरी तीब्र बनेको छ कि सो अनुसार परिमार्जन तथा परिवर्तन भएन भने विभिन्न काम कुरोहरु सङ्कटमा परिरहेको छ। यसका बारेमा यहि केही दशक र आगामी केही दशकमा हुने सम्भवित परिवर्तनको चर्चा गरौँ।

फोटोग्राफीका सामान उत्पादन गर्ने कोडाक कम्पनीले लगभग १६०००० जना कामदारलाई रोजगारी उपलब्ध गराउथ्यो। हामीले आजभन्दा १५-२० वर्ष अघि सोही कम्पनीको रिल र क्यामेरा प्रयोग गरेको सम्झना सबैलाई हुनुपर्छ। लगभग ८५% फोटोग्राफी र क्यामेराको विश्वबजार कोडाकले लिएको थियो। त्यसैबेला मोबाइलभित्र नै राम्रो क्यामेराको प्रयोग गर्ने ट्रेण्ड यस्तरी आयो कि त्यसले कोडाकलाई विश्वबजारबाटै बाहिर निकालिदियो। त्यसपश्चात कोडाक कम्पनी टाट पल्टियो अनि सबै कामदार बेरोजगार बने।

त्यति नै बेला धेरै नाम चलेका अन्य कम्पनीहरुले आफ्नो विशेष उत्पादन नै रोक्नुपर्यो। जस्तै
१.एच एम टी घडी
२.बजाज स्कूटर
३.ड्यानोरा टिभी
४.मर्फी रेडियो
५.नोकिया मोबाइल
६.राजदुत बाइक
७.एम्बेसेडर कार

यद्यपि यी माथीका उत्पादनहरु कुनै खराव थिएनन्, कम्पनीहरु एकाएक बन्द भए। समय अनुसार परिवर्तन हुन नसक्नु नै बन्द हुनुको प्रमूख कारण थियो ।

वर्तमानमा उभिएर सम्भवत तपाईहरुले सोच्नुहुन्न होला कि अबको १० वर्षपछि संसारमा कति परिवर्तन देखिनसक्छ। अनुमानमा आजको जस्तो ७०% देखि ९०% जागीरहरु सकिने छन् जसको भ्याकेन्सी पनि नदेखिन सक्छ। त्यसैले हामीले यो महसुस गर्नुपर्छ कि हामी बिस्तारै चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गर्दैछौं।

अहिलेको अवस्थामा प्रसिद्ध कम्पनीहरु एकपल्ट खोजी गरौं त। UBER यौटा सफ्टवेयरको नाम मात्र हो। यिनिहरुको आफ्नै कार छैन तर यो आजको संसारको सबैभन्दा ठूलो ट्याक्सी भाडा कम्पनी हो।

आज Airbnb भन्ने कम्पनी विश्वको सबैभन्दा ठूलो होटेल कम्पनीको रुपमा स्थापित भएको छ। तर मजाकलाग्दो विषय यो छ कि यो कम्पनीको संसारमा यौटा पनि आफ्नो होटेल छैन।

त्यस्तै अरु गन्नै नसकिने गरि स्थापना भएका Paytm, Ola Cab, Oyo rooms आदि उदाहरणीय कम्पनीहरु छन् ।

अमेरिकामा वैधानिक कानुनी सफ्टवेयर संचालनमा छ। त्यसलाई IBM Watson नामले चिनिन्छ। यसले नयाँ वकिलहरुले भन्दा धेरै राम्रो वकालत गरिरहेको छ। जसका कारण आजभोलि अमेरिकामा नयाँ वकिलहरुले काम पाउदैनन् । यसबाट के अनुमान लगाउन सकिन्छ भने अब १० वर्षपछि लगभग ९०% अमेरिकीहरुसङ्ग जागीर हुदैन। अब रह्यो १०% अमेरिकी जनसंख्या, ती विशेष विषयका विद्वानहरु मात्र हुनेछन्।

अहिले नयाँ डाक्टरहरु केही गर्न नपाई बसिरहेका छन्।
Watson software यस्तो सफ्टवेयर हो जसले मानिसले भन्दा चार गुणा सहिरुपमा क्यान्सर लगायत अन्य रोगहरु पत्तो लगाउछ। यी सबै उदाहरण हेर्दा सन २०३०सम्ममा कम्प्युटरको बुद्धि र कामले मानवलाई उछिनेर अगाडि जानेछ।

अबको २० वर्षको अवधीमा आजको कारको ९०% संख्या सडकमा देखिने छैन। बाकी १०% कारहरु पनि विद्युतीय या हाइबृड कारहरु दौडिरहेका हुनेछन्। बिस्तारै सडकहरु सुनसान हुदैजानेछन्। ग्यास र पेट्रोल खपत कम हुनेछ अनि तेल उत्पादक खाडी अरबका देशहरु टाट पल्टिनेछन्।

यदि तपाईलाई कार चाहियो भने Uber जस्तो सफ्टवेयरलाई अनुरोध गर्नुपर्छ। अनुरोध गरे बित्तिकै ड्राइभरबिनाको कार आएर तपाइको ढोका अगाडि पार्क हुनेछ। यदि धेरै मानिस यौटै कारमा यात्रा गरे भने प्रतिव्यक्ति भाडा बाइक चढेकोभन्दा सस्तो पर्नेछ।

ड्राइभरबिनाको सवारी चलाउदा ९९% दुर्घटना न्यूनीकरण हुनेछ। यसैको कारण दुर्घटनाबिमा रोकिनेछ जसका कारण सडकदुर्घटना बिमा कम्पनीहरु रहने छैनन्।

पृथ्वीमा ड्राइभ गर्ने अर्थात सडकमा चलाउने कुनै पनि मेसिनहरु हुने छैनन्। जब ९०% गाडीहरु सडकमा हुदैन,ट्राफिक पुलिस र पार्किङ्ग कर्मचारी कुनै पनि आवश्यक पर्ने छैन।

एकपटक सोच्नुहोस त, १० वर्ष अघिसम्म सडकछेऊमा STD बुथहरु भेटिन्थे। ती सबै मोबाइल फोनको प्रयोग शुरुभएपछि जबर्जस्ती बन्द गरियो। त्यसपछि मोबाइलको चार्ज पसल मात्र बाकी रह्यो। अहिले घरैबाट मोबाइल चार्ज गर्नथालेपछि यो पेशा पनि सङ्कटमा परेको छ। अब मोबाइल किन्ने बेच्ने र मर्मत पसल मात्र भेटिन्छ। अब अमेजन र फ्लिपकार्ट जस्ता अनलाइन पसलका कारण यो पनि सङ्कटमा पर्ने सम्भावना बढेको छ।

अहिले रुपियाँको परिभाषा पनि परिवर्तन हुदैछ। नगदको रुपमा भएको रुपैयाँ आजको जमानामा यो कागज र प्लास्टिक रुपैयाँ भएको छ। केही समय अघि क्रेडिट र डेबिट कार्डहरु प्रचलनमा थियो; अहिले मोबाइल ब्याङ्किङ/वालेट प्रचलनमा आइरहेको छ। Paytm को बजारवृद्धिको प्रतिफलस्वरुप मोबाइल रुपैयाँको लागी एक क्लिक मात्र भए पुग्छ।

जो समयसङ्गै परिवर्तन हुनसक्दैन, समयले पृथ्वीबाट नै त्यसलाई हटाइदिन्छ। त्यसैले समयसङ्गै परिवर्तन हुन सिक्नुहोस्। त्यसैले राम्रो विषय सामग्रीहरु रचना गर्नुपर्छ अनि समयसङ्ग चल्नुपर्छ।
सन्दर्भ श्रोत:

TMA

themodernafrica

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
ताजा अपडेट
ट्रेन्डिङ
प्रोफाइल
सर्च