कृषि

गाजाखेतीको वैधानिक वहस अवरोधक एमाले

स्वर्गीय राजा विरेन्द्र शाहको शासनकालको प्रारम्भमा नै नेपालमा गाजा व्यवसायलाई कानुनी प्रतिवन्ध लगाइयो। त्यसको लगभग पाच दशकपश्चात तत्कालीन एमाले सांसदहरु विरोध खतिवडा तथा शेर बहादुर तामाङ्गले संसदमा विधेयक दर्ता गरेसङ्गै नेपाल सरकारले गाजा व्यवसाय वैधानिकताका लागी मन्द गतिमा कदम चालिरहेको छ।

गाजा व्यवसाय रोकिएका कारण नेपालको आर्युवेदिक औषधि उत्पादनलाई अत्यन्तै अप्ठ्यारो भएको विगत छ। वैद्यखानाको विगतलाई हेर्दा संयुक्त राष्ट्र सङ्घको लागु औषध सम्बन्धी सन्धिमा नेपाल समेटिएपछि सिंहदरवार वैद्यखानाले बनाइरहेको अत्यन्तै राम्रो आर्युवेदिक औषधि उत्पादनमा पूर्णविराम लाग्यो भने केही औषधिमा वैकल्पिक जडिबुटी प्रयोग गरेर कामचलाऊ उत्पादन भयो। गाजाखेती र व्यापार व्यवसाय बन्द भए तर पनि गाउँघरतिर पाचन समस्याहरुमा औषधिको रुपमा तथा गाजाको गेडा अचारको रुपमा प्रयोग भइ नै रहयो।

सन १९७६ मा नेपालको तत्कालीन शाह राजा लागुऔषध कानुन बनाएर गाजालाई प्रतिबन्ध गरे।त्यसताका गाजा प्रयोगको खुल्ला अवस्थाप्रति अमेरिका असन्तुष्ट थियो। यसैको असरका रुपमा नै सङ्युक्त राष्ट्र संघद्वारा गाजालाई गैरकानुनी बनाउने अभियान शुरु गरे। त्यसपश्चात खाएर रमाइलो गर्न आइरहेका युरोपियन र अमेरिकीहरु क्रमैसङ्ग आफ्नै देश फर्किए। आफू चढेर आएका स-साना गाडीहरु नेपालमा नै छोडे जुन आजभन्दा १० वर्ष अघिसम्म पनि काठमाडौतिर गुडिरहेको भेटिन्थ्यो।

औषधिजन्य बिरुवा भएकोले सामान्यतया गाजालाई पाच किसिमका औषधी बनाउनका लागी प्रयोग गरिन्छ।

१.मानसिक रोगको औषधि

२. नशा सम्बन्धि रोगको औषधि

३.पाचन प्रक्रिया राम्रो बनाउन र पेटको रोगको औषधि

४. पेन किलर

५. क्यान्सर रोगको औषधि

गाजामा टिएचसी र अल्कालोइड तत्व पाइने र जति उचाई बढ्यो उति मात्रा बढि हुने भएकोले उच्च पहाडतिरको उत्पादन अझ राम्रो अनुमान गर्न सकिन्छ। अहिले औषधि प्रयोजनको लागी गाजालाई वैधानिकता दिने एसियाको थाइल्यान्ड पहिलो देश भएको छ। तत्काल थाइल्यान्ड सरकारले दश लाख बिरुवा जनतालाई बाडेको छ। औषधि मात्र होइन गाजा मिसाइएको परिकारहरु थाइल्यान्डका रेस्टुरेन्टतिर उपलब्ध भएका छन्।

सन २०२४को तथ्यांक अनुसार थाइल्यान्डले २८ अरब भाट रकम गाजाबाट फाइदा गरेको छ भने सन २०२५मा यसको दोब्बर नाफा गर्ने अनुमान गरेको छ। तर दुर्भाग्य नेपाल मुख्य तीन पार्टीहरुको खिचातानीमा अलमलिएर बसिरहेको छ।

औषधि बाहेक गाजाका अन्य उत्पादन पनि निकै उत्कृष्ट मानिन्छ। अहिले सामाजिक सन्जालमा भेटिएको भाङ्ग र गाजाको रेशाबाट बनेको नेपाली उत्पादनहरु निकै राम्रो देखिन्छ।

१. आर्ट क्यान्भास उत्पादन

चित्रकारले विभिन्न चित्रहरुका लागी क्यान्भासको प्रयोग गर्छन्। गाजाबाट बनेको क्याभास अत्यन्तै बलियो तथा खपाउ हुन्छ। त्यसैले हेम्पको क्यान्भासको आर्टमा छुट्टै महत्त्व छ। त्यसैले यसको उत्पादन गरेर पनि देशले आर्जन बढाउने ठाउँ देखिन्छ।

२. टिकाऊ लत्ताकपडा, गलैँचा र जुत्ता उत्पादन

भरखरै सामाजिक संजालमा छ्यापछ्यापी आएको भिडियोलाई हेर्ने हो भने निकै सुन्दर गलैंचा, लत्ताकपडा र जुत्ताहरु उत्पादन गरेर बिक्री गरिरहेको देखिन्छ। तर यो उत्पादन नेपालकै आन्तरिक मागलाई मात्र अनुमान गर्ने हो भने अत्यन्तै कम हो।

यदि वाह्य उत्पादनको आयात प्रतिशत कम गरेर यस्तै आन्तरिक उत्पादनलाई प्राथमिकता दिने र बढी उत्पादनलाई निर्यात गर्ने हो भने गाजाको अहिलेको नै उत्पादन पनि अत्यन्त कम हुने सम्भावना देखिन्छ। त्यसैले पनि उत्पादनको वृद्धि अत्यन्त आवश्यक देखिएको छ।

त्यसैले गाजा उपयोगी जडिबुटी मात्र नभइ विभिन्न अत्यावश्यक लत्ताकपडाको बलियो कच्चापदार्थ हो भन्नेमा शङ्का रहेन। प्रदेश १ लगायत विभिन्न क्षेत्रका किसानहरु गाजा उत्पादनमा निकै उत्साहित देखिएका छन्।

काङ्ग्रेस माओवादी गठबन्धन सरकारमा रहेका तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले गाजालाई Recreational and Medicinal Purposes को हिसाबले अध्ययन अनुसन्धानका लागी त्यस आर्थिक वर्षको बजेटमा समेटे। तर तत्कालीन प्रतिपक्षी दल नेकपा एमाले तथा उनको अध्यक्ष केपी शर्मा ओली गाजाका विरुद्धमा संसद र वाह्य मेडियामा असोचनीयरुपमा गाजाको विरोध गरे। नेकपा एमाले गाजा अध्ययन कार्यान्वयनका विरुद्धमा नै लाग्यो जसका कारण यो अध्ययनमा जटिलता देखियो। त्यसैले योजना अनुसार काम हुनसकेन।

पुष्प कमल दाहाल प्रधानमन्त्री रहनेगरी फेरी गठबन्धन फेरियो। एमालेलाई समेटेर प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” ले नयाँ सरकार गठन गरी काङ्ग्रेसलाई प्रतिपक्ष बन्न बाध्य बनाए। यो सरकारका अर्थमन्त्री वर्षमान पुनले यहि आर्थिक वर्षमा कार्यान्वयन हुनेगरी गाजालाई व्यवसायिक खेती गर्ने बजेट अनुमोदनका लागी पेश गरे। यो कुरोमा प्रतिपक्ष काङ्ग्रेस मौन बस्यो जसले नेपाली जनतालाई खेतीका लागी निकै उत्साहित बनाएको भेटिन्छ। गृहमन्त्री रवि लामिछानेले पनि तुरुन्त महिनादिन भित्रमा यसको ऐन संशोधन गरेर कार्यान्वयनमा लगिने मौखिक जानकारी दिए। अझ उत्साही बनेका नेपालीहरुलाई नेकपा एमालेका नेता तथा भुतपुर्व सांसद शेर बहादुर तामाङ्गले जनताले शुरूवात गरेका गाजाखेतीलाई ऐन संसोधन गर्न ढिलाई गरेर असर पुर्याए सरकार जिम्मेवार रहनुपर्ने अभिव्यक्ति दिए।

यसैबेला फेरि नेकपा एमालेले काङ्ग्रेससङ्ग राजनीति सहकार्य गरेर अघि बढ्ने निर्णय गर्दै सरकार परिवर्तन गर्ने क्रियाकलापतिर लाग्यो। यसको असर अब कार्यान्वयन हुने हरेक क्रियाकलापमा देखिने सम्भावना बढेर गएको छ। यसले गाजाको व्यवसायिक खेती ऐन निर्माण तथा कार्यान्वयनलाई सोझै असर पार्ने सम्भावना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
ताजा अपडेट
ट्रेन्डिङ
प्रोफाइल
सर्च