ब्यापार व्यवसाय
किलोमा ३० रूपैयाँ सस्तियो मटरकोशा, यस्तो छ आज तरकारीको भाउ
मटरकोशाको भाउ किलोमै ३० रूपैयाँ सस्तिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको मूल्यसूची अनुसार मटरकोशाको भाउ ८० देखि ९० रूपैयाँ प्रतिकिलो छ।
शुक्रबार यसको भाउ ११० देखि १२० रूपैयाँ प्रतिकिलो थियो।
आज गोलभेँडा, आलु, प्याज, काउली, मुला, घिउसिमी लगायतका तरकारीका भाउ स्थिर छ।
बन्दाको भाउ किलोमा ५ रूपैयाँ बढेको छ। हिजो २५ देखि ३० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको लोकल बन्दाको भाउ आज ३० देखि ४० रूपैयाँ छ।
भन्टा पनि आज १० रूपैयाँ महँगिएको छ। हिजो ६० देखि ७० रूपैयाँमा कारोबार भएको भन्टाको भाउ आज ७० देखि ८० रूपैयाँ प्रतिकिलो छ।
हेर्नुस् फलफूर र तरकारीको आजको बजारभाउः
https://drive.google.com/viewerng/viewer?embedded=true&url=https://img.setoparty.com/uploads/pdf/jpg2pdf-(36)-1706320607.pdf